नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीले भने-
निगमसँग भएका जहाजलाई पूर्ण उपयोगमा ल्याउँछु

काठमाडौं । नेपाल एयरलाइन्सका नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार मन्त्रालयबाट नियुक्तिको प्रमाणपत्र बुझेसँगै नेपाल एयरलाइन्स पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।


पदभार ग्रहण गर्दै कार्यकारी अध्यक्ष अधिकारीले निगमसँग भएका विमानहरुलाई पूर्ण उपयोगमा ल्याउने प्रतबद्धता जनाए । साथै उनले थप नयाँ विमान खरिदका लागि नाफामूलक दीर्घकालिन खरिद योजनासहित मन्त्रालय जाने रणनीति आफूसँग रहेको बताए ।विगत १२४ दिन देखि भइरहेको कर्मचारी ट्रेड युनियनको संयुक्त संघर्ष समितिको ४ वटा बुँदागत माग सम्बन्धी उनले विदेशस्थित कर्मचारीको कटौति भएको तलव भत्ता कटौती नगर्ने प्रतिवद्धता व्यक्र गरे ।

कार्यकारी अध्यक्ष अधिकारीले अस्वाभाविक रुपमा वृद्धि गराइएको कार्यकारी प्रमुखको तलव आफूले नलिने समेत घोषणा गरे । उनले आन्दोलेनरत कर्मचारीलाई समस्या समाधानका लागि वार्तामा आउन आह्वान समेत गरे ।सबै सरोकारवाला निकाय र कर्मचारीको सुझावलाई समेत समेटेर भविष्यमा हुने ठूला र दीर्घकालिन निर्णय गरिने उनको भनाइ थियो ।

राष्ट्रिय ध्वजावाहकलाई अवतरणको क्रममा आकाशमै होल्ड गरिराख्ने र निजी/विदेशी वायुयानलाई चाँडो पालो दिने परिपाटिको अन्त्य गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..