प्रधानन्यायाधीशलाई महाभियोग सत्तापक्ष लगाउन तयार छैन

काठमाडौँ । प्रधानन्यायधीश चालेन्द्रशमशेर जबराले मन्त्रीमा आफ्नो कोटा माग गरेको विषयसँगै न्यायालयभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरु, नेपाल बार एसोसियसन, कानुनविद्, कानुन व्यवसायी सबैले तत्काल जबराले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।

तर, जबरा स्वयं भने कसैले माग्दैमा राजीनामा नदिने अडानमा अडिक रहेका छन् । प्रधानन्यायधीशमाथि सर्वत्ररूपमा अहिले प्रश्न उठिरहेको छ ।

सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा जबराको जेठान नाता पर्ने गजेन्द्र हमाललाई मन्त्री बनाएपछि उनी विवादमा तानिएका थिए । गैरसांसद हमाललाई मन्त्री बनाएपछि सत्ता गठबन्धनसँगै नागरिक स्तरबाट सरकारको चर्को आलोचना भएको थियो ।

आलोचना थेग्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमाललाई राजीनामा दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहलगत्तै हमालले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानन्यायाधीश जबरा थप विवादमा तानिँदै आएका छन् ।

पूर्वप्रधानन्यायधीशहरुले न्यायालयको गरिमा बचाउन पनि जबराले राजीनामा दिनुको विकल्प नभएकोमा जोड दिँदै आएका छन् । जबराले राजीनामा नदिएको अवस्थामा हटाउने बाटो भनेको महाअधियोग हो । तर, महाअभियोग लगाउन सत्ता पक्ष तयार छैन ।

दोस्रोपटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रधान्यायधीश जबरासहितको पाँच न्यायाधीशको इजलासले परामादेश जारी गर्दै नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । सोही परमादेशअनुसार देउवाको नेतृत्वमा अहिले सरकार सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..