५३ किलो गाँजा सहित एक जना पक्राउ


उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ स्थित भोर्ले जंगल स्थितबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् ।

आज बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा फेला परेको थियो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..