बार अध्यक्ष भन्छन्:न्यायालयको सुधारकालागि प्रधानन्यायाधीशकाे राजीनामा माग्छाैं

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीना नदिएसम्म न्यायालयको सुधार नहुने बताएका छन् । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने बताउँदै उनले जबराले राजीनामा दिएर समाधान हुने हो भने आफूहरुले राजीनामालाई एजेण्डा बनाउने जानकारी दिएका हुन् ।

बारका पदाधिकारीहरुले आइतबार प्रधानन्यायाधीश जबरालाई भेटेपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अहिलेसम्म आफूहरुले राजीनामालाई एजेण्डा नबनाएको तर प्रधानन्यायाधीशले राजीनामा दिँदा समस्या समाधान हुन्छ भने त्यसमा पनि जाने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..