प्रधानन्यायाधीशले जबराले भने–
हमाललाई मन्त्री नबनाइदिन मैले नै भनेको हुँ

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनका टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।


‘गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो । मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको हुँ । मैले उनलाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन । भेटेको छैन । बरु यसबारे मिडियामा समाचार आएपछि गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेर भनेको हुँ,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै बार महासचिव लीलामणि पौडेलले भने ।


प्रधानन्यायाधीश जबराकै दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकेका पुराना कांग्रेस नेता गजेन्द्र हमाललाई उद्योग तथा आपूर्ति मन्त्री नियुक्त गरेको चर्चा थियो । हमाललाई मन्त्री बनाएकोमा सरकारको निकै आलोचना भएपछि तीन सिदन नपुग्दै उनले पदबाट राजीनामा दिएका थिए । अहिले उद्योग मन्त्रालय खाली छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..