महाकाली नदिको तटिय क्षेत्र डुबानमा , बाढीमा फसेकाहरुलाई यसरी उद्दार गर्यो कंचनपुर प्रहरी

कंचनपुर । आईतवार साँझदेखि परेको अविरल बर्षाले महाकाली नदिमा आएको बाढीले तटिय क्षेत्र डुबानमा परेका छ्न । भीमदत्त नगरपालिका ९ खल्ला, वडा नम्बर १२ ऎरि १३ को सोनापुर क्षेत्रमा स्थानीयको घरमा पानी पसेको छ ।

स्थानीयको उद्दारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छ्न । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली नदिमा अहिले सम्मको उच्च बाढी आएको हो । महाकाली नदिमा मंगलबार बिहान ५ बजे ३ लाख ९१ हजार ३६४ क्युसेक पानीको बहाव मापन गरिएको छ ।

२०७० सालयता नदिमा यो उच्च बहाव हो । दार्चुला क्षेत्रमा अविरल पानी परिरहेकोले महाकाली नदिमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै सतर्कता अपनाउन कंचनपुर प्रशासनले अनुरोध गरेको छ । 

त्यस्तै बाढीका कारण महाकाली पुल आयोजना भित्रको भाईरल रोडले परिचित छ लेन कालोपत्र सडक समेत कटान हुन थालेको छ । 

पुल आयोजना देखि करिब दुई सय मिटर उत्तर तर्फ रहेको बैजनाथ मन्दिर क्षेत्रमा रोड कटान सुरु गरेको महाकाली पुल आयोजना ईन्जिनियर किशोर पाण्डेले बताए ।महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च रहेको भन्दै पाण्डेयले बहाव कम नभए कालोपत्रे सडक पुरै भत्काउने अवस्थामा रहेको बताए । 

ईन्जिनियर पाण्डेले आयोजनाको अस्फाक प्लान्ट एरिया र क्याम्पमा समेत बाढी पसेको बताए । उनले क्याम्पमा रहेका सामाग्रीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भैरहेको बताए ।

यस्तै दोधाराचादनी नगरपालिका १० जोगबुढा नदि छेउमा रहेको कुतियाकवर शसस्त्र प्रहरीको अस्थायी क्याम्पमा बाढी पसेको छ । राती १ बजे नजिकैको हरिओम प्राथमिक बिधालयमा प्रहरीलाई स्थानान्तरण गरेपनी त्यहा पनि बाढि पसेपछी प्रहरीकै बिचल्ली भएको छ । 

भिमदत्त नगरपालिकाका वडा नम्बर १२ ऎरीघाट, ओदाली र वडा नम्बर १३ बढैपुर र पिपरैया का करिब २ सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए । उनले उद्दार गरिएकालाई जनता प्राथमिक बिधालय  ऎरीघाटमा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..