महाकालीमा फसेका परिवारलाई सेनाको हेलिकप्टरबाट उद्दार

कञ्चनपुर । महाकालीमा फसेका एकपरिवारलाई सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । अविरल वर्षाका कारण महाकाली नदिमा पानीको बहाव बढेपछि बाढीमा फसेका भिमदत्त नगरपालिका वडा नम्बर ९ मुसेट्टीका एकै परिवारका ५ जनालाई नेपाली सेनाको हेलीकप्टरले उद्दार गरेको हो ।
सोमबार राति कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिका एकै परिवारका ५ जनालाई मंगलबार सेनाको हेलिकप्टरले उद्दार गरेको हो ।

भीमदत्तनगर पालिका ९ मुसेटीमा फसेकाहरुलाई उद्दार गर्न सुर्खेतबाट आएको सेनाको हेलिकप्टर मौसम खराबीका कारण धनगढीमा ल्यान्ड गर्नु परेको थियो ।
केहि समय पश्चात मौसममा परिवर्तन भए संगै हेलिकप्टर बाढीग्रस्त क्षेत्र मुसेट्टी पुग्न सफल भएका होे ।

सेनाको हेलिकप्टर बाट उद्दार हुनेमा ३६ बर्षका पुष्कर नायक, ३२ वर्षका शान्ति नायक ,१० वर्षका अजय नायक, ४ वर्षका सुरज नायक र ५० वर्ष गौरी खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..