लगातारको वर्षाबाट प्रभावितहरुलाई राहत तथा उद्धारको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न भागमा बाढी–पहिरो तथा लगातारको वर्षाबाट प्रभावितहरुको उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिँदै बाढी–पहिरो प्रभावितलाई राहतको व्यवस्था गर्न र विपद्मा फसेकाहरुको उद्धार गर्ने व्यवस्था मिलाउन भनेका हुन् ।

पछिल्लो तीन दिनदेखि मुलुकका विभिन्न क्षेत्रमा अविरल पानी परिरहेको छ भने तराईँका र ठूला नदी तटीइ क्षेत्रमा बाढी तथा डुबानको समस्या देखिएको छ । भित्र्याउने बेलाको धानबाली वर्षाकै कारण नष्ट भएर किसानहरु समस्यामा परेका छन् । विशेषगरी सुदूरपश्चिममा लगातारको वर्षाले बढी जनजीवन प्रभावित भएको छ । बिजुली, सञ्चार, बाटोघाटो समेत अवरुद्ध भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..