आठ जिल्लाका सिडिओ फेरिए, को-कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो ।कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ ।

सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी रहेका योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको थियो ।

यसैगरी गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ । अर्घाखाँचीका प्रजिअ विष्णु पौडेललाई गृह मन्त्रालयमा तानिएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव पदमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..