लुम्बिनी प्रदेशमा कस्लाई कुन मन्त्रालय ?


बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार मन्त्रिपरिषद् विस्तार गरेका प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुलाई मुख्यमन्त्री शेरचनले सपथ ग्रहण गराएका छन् ।


कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँले मन्त्रीको सपथ ग्रहण गरेका छन् ।

कांग्रेसकै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ ग्रहण गरेका छन् ।

माओवादीबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले शपथ ग्रहण गरेका छन् । उनीहरुसँगै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री सुष्मा यादवले पनि सपथ ग्रहण गरेका छन् ।नेकपा एकीकृत समाजवादीकी रमा घर्तीले कानून, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको शपथ ग्रहण गरेकी छन् ।आइतबार मुख्यमन्त्री शेरचनले लुम्बिनीमा १७ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..