जोशीलाई स्वागत गर्दै नेपालले भने-अब ओली सम्पूर्णरूपमा च्युत भइसकेको हेर्न बाँकी छ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी अध्यक्ष केपी शर्मा ओलीकाे साथ छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।विहीबार जोशीलाई पार्टीमा स्वागत गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सम्पूर्णरूपमा च्युत भएको हेर्न बाँकी रहेको टिप्पणी गरेका छन् ।

ओली सुध्रिदैनन् भन्ने कुरा आफूलाई पहिले जानकारी भएकाे बताउँदै उनले भने, हामी पहिलेदेखि नै यो निष्कर्षमा पुगिरहेकै थियौं- केपी ओलीलाई सुधार्न सकिँदैन ।’
‘एमालेको भ्रममा बसिरहेकाहरूको त्यो पंतिमा सत्यतथ्य जानकारी गराउनुपर्ने आवश्यकता छ,’ नेपालले भने, ‘केपी ओली किन कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका भन्ने बुझाउनुपर्ने छ ।

अब उनी सम्पूर्णरूपमा च्युत भइसकेको दिन हेर्नमात्रै बाँकी छ ।ओलीमा चरम व्यक्तिवाद विद्यमान रहेको आरोप लगाउँदै वैचारिक विचलन पनि आएको टिप्पणी गरे । ‘उनमा निरंकुश शैली विद्यमान रहेको र सबै हिसाबले वैचारिक विचलनको दिसामा अगाडि बढीसकेका छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..