रौतहटको नेपाल–भारत नाका खुल्यो


रौतहट । कोरोना संक्रमण रोकथामका लागि डेढ वर्षदेखि बन्द गरिएको रौतहटको नेपाल भारत सीमा नाका बुधबारदेखि खुलेको छ ।रौतहटको गौर र भारतीय बजार बैरगनिया नाकामा बुधबारदेखि निजी सवारी साधन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।


नेपाली पक्षले एक साता अघिनै खुला गरे पनि भारतीय पक्षले सवारी आगमनमा रोक लगाएको थियो । ‘हामीले केही दिन अघिदेखि नै नाका खोलेका थियौ, भारतीय पक्षले भने आजबाट नाका खोलेपछि दुवै देशका नागरिकहरु कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न सक्छन्’ प्रमुख जिल्ला अधिकारी यादवले भने ।

सवारी साधनको आवतजावत खुला भएपछि सीमा क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुबै देशका नागरिकलाई सहज भएको छ ।

कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ देखि सीमा नाका बन्द गरिएको थियो । पछि नाकाबाट पैदलयात्रा खुला गरे पनि यातायात सञ्चालनमा भने प्रतिबन्ध लगाइएको थियो । नाका सञ्चालन भएपछि भारतीय सवारी साधनहरु नियमानुसारको भन्सार राजश्व तिरेर नेपाल प्रवेश गर्न पाउने भएका छन् ।

भारतीय सवारी साधनको प्रवेश शुरु भएसँगै होटेल तथा पर्यटन व्यवसायी पनि खुशी भएको उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताए । चाडबाडका बेला सीमामा आवतजावत सहज भएपछि किनमेलका लागि दुवै देशको सीमावर्ती बजारमा भिड बढ्ने अध्यक्ष जयसवालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..