काठमाडौ । बाबु भनिने गुण्डानाइके बिश्वक्रान्ति सिंह नेकपा माओवादीमा प्रवेश गरेका छन् । नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहालले पेरिसडाडामा आयोजित कार्यक्रममा उनलाई पार्टी प्रवेश गराएका हुन् ।
बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बानियाका अति निकट बिश्वक्रान्ति हेटौंडाका हुन् । नेपाली काङ्ग्रेसबाट राजनीति गर्दैआएका इन्द्र बानियालाई अहिलेको उचाइमा पुर्याउने बिश्वक्रान्ति नै हुन् ।
उनलाई हातहतियार तथा खरखजाना एवं ज्यानमार्ने उद्योगकाे अभियोगमा ललितपुर प्रहरीले पाँच बर्ष पहिले पक्राउ गरेको थियाे ।ठेक्कापट्टादेखि कमिसनको नाममा पैसा असुल गरेकाे आराेपमा उनी घुससहित रंगेहात पक्राउ परेका थिए ।


