१० हिमाली जिल्लामा कांग्रेसको नेतृत्व चयन : ६ मा पौडेल पक्षको जित, ३ देउवा पक्षमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १० हिमाली जिल्लाको अधिवेशनबाट जिल्ला सभापति चयन भएका छन्। जसमध्ये ६ जिल्लाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जित हासिल गरेको छ।


संखुवासभाका कांग्रेस सभापतिमा दीपक खड्का निर्वाचित भएका छन्। यसैगरी मुस्ताङमा रोमी गौचन थकाली, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा र रुकुम पूर्वमा केशरमान रोका निर्वाचित भएका छन्।


यता गोरखामा नन्दप्रसाद न्यौपाने निर्वाचित भएका छन्। उनी महामन्त्रीका उम्मेद्वार गगन थापा निकट हुन्। गगन थापा पछिल्लोपटक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग नजिकिएकाले न्यौपानैलाई पौडेल पक्षकै मानिएको छ।

दश जिल्लाको अधिवेशन सकिँदा केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट जिल्ला सभापतिमा ३ जनाले मात्र जितेका छन्। देउवा पक्षबाट ताप्लेजुङ सभापतिमा गजेन्द्र तुम्याहाङ, हुम्लामा मोहन बहादुर शाही र मनाङमा शंकर गुरुङ निर्वाचित भएका छन्।

हुम्ला अधिवेशनमा देउवा पक्षले एकलौटी गरेको भन्दै पौडेल पक्षले रामबहादुर भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन गरेको छ। रामेछापबाट सभापतिमा निर्वाचित पूर्णबहादुर तामाङ ‘कान्छाराम’ देउवा निकट भनिए पनि उनी उपसभापति एवं सभापतिका दाबेदार विमलेन्द्र निधि निकट हुन्।

देउवा पक्ष

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
हुम्ला – मोहनबहादुर शाही
मनाङ – शंकर गुरुङ

पौडेल पक्ष

संखुवासभा – दीपक खड्का
मुस्ताङ – रोमी गौचन थकाली
कालीकोट – अम्मबहादुर शाही
दोलखा – बर्मा लामा
रुकुम पूर्व – केशरमान रोका

थापा पक्ष

गोरखा – नन्दप्रसाद न्यौपाने

निधि पक्ष

रामेछाप – पूर्णबहादुर तामाङ ‘कान्छाराम’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..