जिल्ला नछाड्न ७७ वटै जिल्लाका सिडिओलाई गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले दसैं लगायत चाडपर्वको अवधिभर जिल्ला नछाड्न ७७ वटै प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँगै जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ ।

दसैं नजिकिदै गएका बेला गृहको निर्देशनसँग अब सिडिओ, जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू अत्यावश्यक काम र गृहको अनुमतिबिना जिल्ला छाड्न पाउने छैनन्। चाडपर्वमा स्थानीय प्रशासन र सुरक्षा निकाय झन चनाखो हुनुपर्ने भएकाले घरबिदा पनि नजान भनिएको छ ।

दसैंमा सरकारी कार्यालय बन्द रहने भए पनि स्थानीय प्रशासन र सुरक्षा निकायका कार्यालय भने खुला नै रहन्छन् । यस्तो बेला सर्वसाधारणकोे ठाडो निवेदन दर्ता गर्न र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..