ओलीको जवाफ- को व्यक्तिपूजक ?

काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराईज हलमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले शनिबार टोली नेताहरुले दिएको सुझावको जवाफ दिइरहेका छन् ।

शनिबार टोली नेताहरुका प्रतिनिधिहरुले पार्टी संस्थालाई नभई व्यक्तिलाई प्राथमिकता राखिएको भन्दै उक्त संस्कार हटाउनुपर्ने धारणा राखेका थिए । प्रतिनिधिहरुको उक्त धारणालाई बहिष्कार गर्दैै आइतबार अध्यक्ष ओलीले कोही व्यक्तिपूजक नभएको जवाफ दिएका छन् ।

अध्यक्ष ओलीले प्रतिनिधिको धारणालाई विरोधीहरुको हमलाको संज्ञाका रुपमा अथ्र्याइदिएका छन् । ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ । हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ,’ उनले भने ।

साथै, अहिले एमालेका विषयमा भइरहेका टिकाटिप्पणी कसैले गरेको हमलामात्र भएको उनको भनाइ छ । उनले भनेका छन्, ‘अनि नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे ।

यो हाम्राविरुद्ध हमलाको विभिन्न रुप हो । हामी व्यक्तिपूजक होइनौं, मूर्तिपूजक होइनौं । हामी धर्मान्धतामा विश्वास गर्दैनौं । हामी कमिटी प्रणालीमा विश्वास गर्छौं, सामूहिकतामा विश्वास गर्छौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..