जो बाइडेनको सम्मेलनमा प्रम देउवाको सम्बोधन- ‘कोरोनाविरुद्ध लड्न एक हौँ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी २०२२ अप्रिलसम्ममा ८० प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप दिने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गएराति आयोजना गर्नुभएको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोनाविरुद्धको युद्धमा एक भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

भोलि शनिबारबाट अमेरिकामा राष्ट्रसंघीय महासभाको ७६ औं सम्मेलन शुरु हुँदैछ । त्यसको पूर्वसन्ध्यामा अमेरिकाले भर्चुअल सम्मेलनको आयोजना गरेको थियो ।

सोक्रममा नेपालले पनि आफ्नो धारणा राखेको थियो । सम्मेलनमा १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्दैछन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..