प्रहरीद्वारा १ सय ७५ किलो गाँजा बरामद, दुई जना पक्राउ


बीरगञ्ज । गाँजालाई लागूऔषधका रुपमा प्रतिबन्ध गरिनु नहुने बिषयमा बहस भइरहेको बेला प्रहरीले भने ठाउँ ठाउँबाट बरामद गरिरहेको छ । यसैक्रममा मकवानपुरबाट बिहीबार प्रहरीले अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङबाट प्रहरीको टोलीले ट्रकबाट १७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।गाँजासहित भिमफेदी गाउँपालिका– ९ बस्ने वर्ष ३१ का मोहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने वर्ष २४ को प्रशान्त कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

ना ३ ख ५९५० नम्बरको ट्रक जाँच गर्दा १७५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..