सुन लिन हिँडेका पुरुष विमानस्थलबाट डलरसहित पक्राउ

काठमाडौं । एक पुरुषलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । गोरखाको गोरखा नगरपालिका–२ घर भएका ४२ वर्षीय सीताराम विकलाई १३ हजार अमेरिकी डलरसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

नेपाली रुपैयाँ करिब १५ लाख ३५ हजार बराबरको अमेरिकी डलर बोकेर पर्यटक भिसामा उनी एक साताका लागि दुबई हिँडेका थिए । एक सातापछि फर्किँदा सुनका बाला लिएर आउने गरी सीताराम दुबई जान लागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विदेश जाँदा १५ सयभन्दा बढी डलर लैजान पाइँदैन ।

तर, सुन तस्करी गर्नेहरुले नेपालबाट भरियालाई लैजाने र सुन बोकाएर पठाउने गर्छन् ।सुनको काम गर्नेहरुले सीताराम जस्ता व्यक्तिहरुको समूह बनाएर तस्करी चलाउने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

दुबईमा एक साता घुम्ने र आउने जाने खर्च सुनको काम गर्नेहरुले गरिदिने हुँदा सीतारामजस्ता व्यक्तिहरु लोभिने गरेका छन् । खाडी मुलुक घुमेर फर्किने लोभमा जानेहरू धेरैलाई कुन देश जाने र कहिले फर्किने भन्ने पनि थाहा नहुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..