काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्दैछ।बैठकमा विनियोजन विधेयक माथिको छलफल र जवाफलाई सम्भवित कार्यसूचीमा राखिएको संघीय संसद सचिवालयले जनाएको छ।
गत भदौ २३ गते बुधबारबाट सुरु भएको संसदको अधिवेशन नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको छ । आज पनि नेकपा एमालले आफ्नो माग पुरा गराउने उद्देश्यले संसद अवरोध गर्ने संकेत गरेको छ।
यसअघि, भदौ २९ गते बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक माथिको छलफलमा प्रवेश गरेर आजसम्मको लागि स्थगित भएको थियो।


