ससुरा र श्रीमानले दाइजो नल्याएको भन्दै कुटपिट गरेपछि सीता पटेल न्याय खोज्दै काठमाडौंमा

काठमाडौं । २ महिना अघि अदालतबाट अन्तरजायीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको भन्दै श्रीमान र ससुराले कुटपिट गरेपछि न्याय खोज्दै काठमाडौं आएकी छिन् । प्रहरीले समेत आफूलाई कुटपिट गरी ज्यानको धम्की दिएको उनले बताइन् ।

आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडित पटेलले श्रीमान उमेश साह गोढ र ससुरा जवाहिर साह गोढले कुटपिट गर्दै ज्यानमार्ने धम्की दिएको बताइन् । उनले भनिन्, ‘म माथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झुठा मुद्दा लगाई थुनामा समेत राखेर यातना दिइयो ।’


अदालतबाट माग भएअनुसार धरौटी बुझाएर भदौ २२ गते कारागारबाट आफू थुनामुक्त भएको सुनाउदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामान समेत लगेको सुनाइन् ।

कोठाबाट परिवारले ३२ इन्चको एलसीडी टीभी, कुलर, दराज, एक लाख रुपैयाँ नगदसहित १ थान गहना लगेको उनको भनाइ छ । सामुदायिक प्रहरी पर्साका सचिव दिलिप प्रधानले आफ्नो कपाल समातेर टाउको ठोक्काइदिएको भन्दै तत्काल कारवाहीको माग गरिन् ।

प्रधानसहित आएका ससुराले चक्कुले ज्यान मार्ने उद्देश्यले आफूलाई ४–५ पटक पिठ्युमा प्रहार गरेर गम्भीर अवस्थामा छाडेर गएको समेत उनले बताइन् । उनले भनिन्, ‘पर्साका एसपी बेलबहादुर पाण्डेले जाहेरी लिन नमानेर मुल कापी नै च्यातेर फालेर ज्यान बचाउन भए नेपालबाट भाग्न धम्की दिए ।’

उनले कोठाबाट लगेको सामान तत्काल फिर्ता गर्न माग गरेकी छिन् । श्रीमानसँग शान्ति सुरक्षासहित पारिवारिक वातावरणमा बस्न पाउनुपर्ने पटेलको माग छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..