वेस्टर्न लिकरले नक्कली अन्त:शुल्क स्टीकर प्रयाेग गरेकाे पुष्टी,५६ करोड जरिवाना रकम माग

काठमाडाैं । आन्तरिक राजश्व विभागले नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको भन्दै धनगढीको वेस्टर्न लिकरसँग ५६ करोड जरिवाना रकम माग गरेको छ ।गत महिना कम्पनीको कार्यरत कामदारको घरबाट बरामद गरिएको स्टीकरको जाँच गर्दा नक्कली भएको प्रमाणित भएपछि विभागले लिकरसँग ५६ करोड जरिवाना माग गरेको हो ।

आन्तरिक राजस्व विभागले नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गर्ने वेस्टर्न लिकरलाई ५६ करोड जरीवाना गरेको छ। विभागले धनगढीमा रहेको यो उद्योगसँग सो रकम बराबरको जरीवाना रकम माग गरेको हो।

एक महिना अघि कम्पनीको कामदार बस्ने घरबाट नक्कली स्टीकर बरामद भएपछि विभागले अनुसन्धान सुरु गरेको थियो। बरामद भएको स्टीकर विभागमा जाँच गर्दा नक्कली भएको प्रमाणित भएको छ । उक्त स्टीकिर करिव ७ करोड मूल्य बराबरको रहेको विभागको अनुसन्धानबाट खुलेको छ ।

विभागका अनुसार कम्पनीले सस्तो मदिरा पहाडी क्षेत्रमा विक्री गर्ने गरेको थियो । हाल उद्योगबाट ५० र ७० युपीको सस्तो मदिरा उत्पादन हुँदै आएको छ । जरिवानासँगै विभागले कम्पनीकोि उत्पादनमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..