गृहका तीन सहसचिवको फेरबदल

काठमाडौं । गृह मन्त्रालय गृह प्रशासनभित्रकै आर्कषक र महत्वपूर्ण मानिएका तीन स्थानका सहसचिवहरुको जिम्मेबारी फेरबदल गरेको छ । नेकपा सरकारका पालामा युथ फोर्सको आग्रहमा महेश बस्नेतले लगेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई मन्त्रालय तानेर उनको स्थानमा गृहको प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई लगिएको छ ।

यस्तै उनको स्थानमा सुनिल खनाललाई ल्याइएको छ ।काठमाडौंको प्रजिअ र गृहको प्रशासन महाशाखा महत्वपूर्ण र आर्कषण पोष्टिङ मानिन्छन् । काठमाडौंको प्रजिअको जिम्मेबारी पाएका रिजाल आधा दर्जनभन्दा बढी जिल्लाहरूको कमाण्ड गरेका अधिकारी हुन् । उनले कैलाली, दाङ, रौतहट, मकवानपुरलगायत जिल्लामा काम गरिसकेका छन् ।

कैलाली घटनामा दुई समुदायबीचको द्वेष न्यून बनाउन र मेलमिलाप गराउन महत्वपूर्ण भुमिका खेलेका रिजाल कैलालीमा सबैका प्रजिअ बन्ने उदाहरण समेत हुन् । उनी जटिल परिस्थितिको सामना गर्न सक्ने कुशल प्रशासकका रुपमा चिनिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..