काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले आफू महामन्त्री बनेपछि पहिलो काम पार्टीको अधिवेशन ४ वर्षमा गराउने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा थापाले आफूलाई केही नेताहरूले महामन्त्री बनेपछि के गर्छस् भन्ने प्रश्नमा उनले महामन्त्री बनेपछि पहिला पार्टीको महाधिवेशन ४ वर्षमा र पार्टी कार्यालयमा आएर अनसन बस्ने स्थितिको अन्त्य गर्ने बताएका छन् ।
उनले भने, ‘म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन चार वर्षमा गराउँछु र अहिलेजस्तो पार्टीका साथीहरूलाई पार्टी कार्यालयमा आएर अनसन बस्ने स्थिति सिर्जना गर्न दिन्नँ, यति मात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ ।
नेपाली कांग्रेसलाई नयाँ तर पूरानो दिनलार्य सम्झिएर बनाउनुपर्ने पनि उनले बताएका छन् । ‘खासगरी नौजवान साथीहरूलाई मेरो आह्वान छ, तपाईं(हामी मिलेर यस्तो कांग्रेस बनाउनुपर्ने छ, कांग्रेस नयाँ बनाउने हो तर पुरानो दिनलाई सम्झिएर बनाउने हो,’ उनले भने ।
यसैगरी पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेदवारी दिएको पनि बताएका छन्। साथै, सभापतिको निवास बूढानीलण्ठमा क्रियाशील सदस्यताको बारेमा गर्नै नहुने काम भइरहेको पनि उनले बताए ।


