रावल लगाए सरकारलाई यस्तो आरोप

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार अर्को साता नेपाल आउदै छिन्। उनी नेपाल आउने तय भएसँगै विभिन्न टिका टिप्पणीहरु शुरु भएको छ ।

यसैबिषयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले राष्ट्रघाती एमसीसी अघि बढाउन लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन्।

यस्तै, नेता रावलले एमसीसीकी उपाध्यक्षलाई नेपाल बोलाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रघाती सम्झौता गर्न लागेको आरोप लगाएका छन्। रावलले लेखेका छन्, ‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ।

सरकार जनअनुमोदित होइन।देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..