नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधी बरामद


मोरङ । मोरङ विराटनगर-५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ ।

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आईताबार बेलुका साढे ६ बजे राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र निजको भाई बिक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा निजहरुको कोठाबाट Inj amidon , Inj paracetamol, Inj desrim लगायतका ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैया बराबरको औषधीहरु पेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

साथै प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने HP कम्पनीको कलर प्रिन्टर समेत फेला पारी वरामद गरेको छ भने कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ । यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..