नेकपाका अध्यक्ष प्रचण्ड-नेपालले भने – निर्मला पन्तको जस्तो नहोस् बैतडीको घटना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष प्रचण्ड – माधव नेपालले बैतडी दोगडाकेदार गाउँपालिका वडा नम्बर –७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ। नेकपाका दुबै अध्यक्ष प्रचण्ड र नेपालले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।

विगतमा निर्मला पन्तको अनुसन्धानजस्तै यो घटनामा गैरजिम्मेवार नबन्न विज्ञप्तिमा अनुरोध गरिएको छ। निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको जनाक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको तथ्य प्रमाणित गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भट्टमाथि भएको पासविक र अमानवीय घटनाको भर्त्सना गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..