जब उपत्यकामा पूर्वमन्त्री महेश बस्नेतले फोहोर टिपे

काठमाडौं । पूर्वमन्त्री महेश बस्नेत सडकमा फोहोर टिप्दै । शुक्रबार काठमाडौंको दरबारमार्गमा फरक दृश्य देखियो । प्रधानमन्त्री ओली पक्षले आयोजना गरेको कार्यक्रममा विशाल जनसहभागिता रहेको उक्त कार्यक्रमको समापन पछि दरबारमार्गको सडकमा छरिएको फोहोर स्वयंसेवकहरुले जम्मा गरेका थिए । त्यसको नेतृत्व गरिरहेका थिए युवानेता महेश बस्नेतले ।

आमसभामा उपस्थित हजारौं मानिसहरुलाई व्यवस्थापन गर्नका लागि परिचालन गरिएका ३ हजार बढी स्वयंसेवकको नेतृत्व उनै अर्थात् राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले गरेका थिए ।

सामाजिक काममा सदैव अग्रसर भएर लागिरहने भक्तपुरका पूर्व सांसद एवं युवा नेता बस्नेतले अहिलेसम्म देखिँदै आएको सार्वजनिक कार्यक्रमपछिको कार्यक्रमस्थललाई कस्तो बनाउनुपर्छ भन्ने उदाहरण पेश गरेका छन् । सधैं युवाको ढुकढुकी बन्ने बस्नेत कार्यक्रम स्थलको फोहोर उठाउन पनि नेतृत्व गर्दै सफा गरेका थिए । उनको यस कार्यबाट अन्य कार्यक्रमका आयोजकहरुले पनि सिक्नुपर्ने देखिएको छ ।

fohor-1

उनले फोहोर उठाउँदै गरेको देखेका एक सर्वसाधारण भन्दै थिए, ‘मन्त्रीज्यू आफैं फोहोर टिप्दै हुनुहुन्छ, यस्तो त कहिल्यै देखिएको थिएन, जहिले पनि कार्यक्रम सकिएपनि फोहोर लथालिंगै हुन्थ्यो, सायद यहि नै हो मान्छे र बनमान्छेले गरेको कार्यक्रमको भिन्नता भनेको ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..