पर्सा सुन चाँदी व्यसायी संघवाट एबिसिकर्मी सम्मानित

  • कृष्ण यादव

वीरगंज । पर्सा सुन चाँदी व्यवसायी संघको साधारणसभा र अधिवेशन समपन्न भएको छ। पर्सा सुन चाँदी व्यवसायी संघको ६ ठौ र सातौ साधारणसभा र तेस्रो अधिवेशन आज वीरगंजको नगर गृह सभामा समपन्न भएको छ।

सो कार्यक्रममा सुन चाँदी व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष माणिक रत्न शाक्यले सुन चादँी व्यासायीयहरुले लाखौं कमदारहरुलाई बिदेशमा नगई नेपालमै रोजगारी दिए पनि सुन चादि व्यसायीहरुलाई सरकारले हेर्ने नजर गलत भएको अारोप लगाउनुभएको छ।

अध्यक्ष शाक्यले सुन चाँदी व्यावसायीहरुलाई तस्करको नजरले हेर्न गरेकोमा दुख ब्यक्त गर्नुभएको छ।ऊहाले सुन चाँदी व्यसाय गरनेहरुलाई सरकारले गलत नजरले नहेरेर राम्रो नजरले हेर्ने सरकारलाई अाग्रह समेत गर्नुभएको हो।

अध्यक्ष शाक्यले सरकारले देशभरिका सुन चाँदी व्यवसायीहरुलाई सरकारले बिक्री गर्दै अाएको १० केजी सुनले नपुगेको भएको कारण प्रति महिना २० देखि २५ केजी सुन सरकारले दिनुपर्ने बताउनुभयो ।

शाक्यले अाफ्नो हक हितको लागि फुटेर होईन जुटेर एकभई अगाडी बढनु पर्ने बताउदै यो अधिवेशनले सर्बसहमतिवाट अध्यक्ष लगाएत पदधिकारीहरुको चयन गर्ने छ भने बिशवास लिएको बताउनुभयो ।

पर्सा सुन चाँदी व्यवसायी संघको छ ठौ र सातौ साधारणसभा र तेस्रो अधिवेशन कार्यक्रममा पर्सा सुन चाँदी संघका प्रेस सल्लाहकार शेखर छतकुलीलाई सम्मान गरि मायाको चिनो समेत प्रदान गरेको छ।त्यसै गरि गोरखापत्र पर्साको समाचारदाता कन्हैयालाल केशरी , र राष्ट्रिय सहारा दैनिक का पत्रकार चन्द्रभुषण साह र पत्रकार महासंघ पर्सा शाखाको सचिव युवराज खड्का र सुन चँादी व्यसायी संघ पर्साका बिरहर्ष शाक्यलाई सम्मान गरेको थियो।

अधिवेशनमा भुलनप्रसाद सोनार र प्रवेश सर्राफबीच नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ ।

सो कार्यक्रममा सुन चादी व्यसायी महासंघका केन्द्रीय उपाध्यक्ष डियस रत्न शाक्य , शिव किमार सरार्फा , महेन्द्र रत्न शाक्य उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन , प्रदेश २ का अध्यक्ष रामजि साह , महासंघका महासचिव प्रवेश सरार्फा लगाएतको उपस्थिति रहेको थियो।

ऊक्त कार्यक्रम पर्सा सुन चँादी व्यसायसंघका सभापति निरज कुमार सरार्फाको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..