संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्ध रिट लिर सभामुख आफै पुगे सर्वोच्च अदालत

काठमाडौं । संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको जिकिरसहित रिट लिएर सभामुख अग्नि सापकोटा आफैं‌ सर्वोच्च अदालत पुगेका छन् । 

सभामुख सापकोटा शुक्रबार बिहान रिट लिएर आफै सर्वोच्च अदालत पुगेका हुन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले रिट लिएर सभामुख आफैं सर्वोच्च पुगेको सुरक्षा खबरलाई जानकारी दिए ।

कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..