काठमाडौंको विभिन्न घटनामा संलग्न सात जना पक्राउ

काठमाडौं । काठमाडौँमा भएका विभिन्न घटनामा संलग्न सात जनालाई पक्राउ गरी कारवाही थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । लाखौँ रकमसहित ६ जना जुवाडे र लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज अवैध लागुऔषध ब्राउन सुगरसहित मकवानपुर फापरवारी गाउँपालिका–७ बस्ने २८ वर्षीय अनुपकुमार विश्वकर्मालाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ना६ख ९४७८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार अनुपकुमारलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको जनाइएको छ । यता काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने विष्णुप्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे चौरीदेउराली बस्ने ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी रु एक लाख ४७ हजार बरामद गरिएको हो । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..