प्रदेश २ सरकारको पहिलो आवधिक योजनासार्वजनिक,अवको लक्ष्य गौरवको योजना निर्माण : मुख्यमन्त्री राउत


जनकपुरधाम । प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ । नीति तथा योजना आयोगले आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरेको एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समेत रहनु भएका मुख्यमन्त्री लालबाबु राउतले पहिलो आवधिक योजना र नेपाल प्रोभिन्सियल प्लानिङ्ग बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स टू सार्वजनिक गर्नु भएको छ ।


दुबै पुस्तक सार्वजनिक गर्नु हुँदै मुख्यमन्त्री राउतले पहिलो आवधिक योजनाले प्रदेशमा अगामी पाँच वर्ष भित्र गर्नु पर्ने विकासको लक्ष्य निर्धारण गर्नुका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामहरुको विस्तृत विवरण समेटिएकोले अगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण सहज बनाउने उल्लेख गर्नु भयो । पछिल्लो ३ वर्षमा जनताको आधारभूत आवश्यकता रहेको विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले अवको दिनमा गौरबको योजनाहरुलाई प्राथमिकतामा राखेर अघि बढने उहाँको भनाई थियो ।


कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशको गौरबकै यौजनाको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेको उल्लेख गर्नु हुँदै यसले प्रदेशको समग्र स्वास्थ्य क्षेत्रमा माइल स्टोन सावित हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले प्रतिष्ठान मात्र नभई जिल्ला स्थित अस्पतालहरुलाई समेत जनताको भरोसाको केन्द्र बनाउन आफुहरु लागी परेको उल्लेख गर्नु भयो ।
प्रदेशको शैक्षिक सुधारका लागि संघीय नीति बाधक रहेको उल्लेखगर्नु हुँदै मुख्यमन्त्री राउतले हाललाई विश्वविद्यालय मात्र प्रदेश सरकारको मातहतमा रहेको हुँदा प्रदेशमा कृषि् र प्रादेशिक विश्वविद्यालय स्थापनाको तैयारी समेत अघि बढाई सकेको बताउनुभ यो ।


नीति आयोगमा पदाधिकारीहरु नियुक्त हुन नसकेको अवस्थामा समेत आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितको टिमले गर्दै आएको कामको प्रशंसा समेत गर्नु भयो ।


कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आवधिक योजना सार्वजनिक गरेको आयो्ग अब प्रदेशको प्रोजेक्ट बैंक निर्माणको कार्यलाई अघि बढाई सकेको र प्रदेशको गौरबको योजनाहरु समेटेर केही महिना भित्रै प्रोजेक्ट बैंक समेत सार्वजनिक गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रमुख सचिव गोकर्णमणि दुबाडी, कानून सचिव टिकाराम पाण्डे सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..