ठगीको आरोपमा चार जना पक्राउ


जाजरकोट। जिल्ला प्रहरी कार्यालय जाजरकोटले सौर्य उर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्लाको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका विभिन्न वडाबाट रकम संकलन गरेर स्थानीयलाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

नक्कली कागजात बनाएर ठगि गर्दै आएका उनीहरुलाई भेरी नगरपालिका –४, शान्ति चौताराबाट नियनत्रणमा लिइएको डीएसपी थापाले बताए ।

डीएसपी थापाका अनुसार पक्राउ पर्नेमा चन्दननाथ–९, जुम्ला स्थायी ठेगाना भई हाल नेपालगञ्ज बस्दै आएका २६ वर्षीय यज्ञप्रसाद रेग्मी, सोही ठाँउका ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, बारेकोट–१, रामीडाँडाका ४० वर्षीय हरिचन्द्र बस्नेत र सोही ठाँउका ३३ वर्षीय मानबहादुर महतारा रहेका छन् । खानतलासी गर्दा उनीहरुको साथबाट ४ लाख ५० हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रलाई अवलोकन गरी जाजरकोट, डोल्पा, कालीकोट, रुकुममा सोलार र सुधारिएको चुलो विरतण गर्ने भन्दै ठगी गरेका थिए ।

सोलार र चुलोको मूल्य २५ हजार पर्ने भएपनि २१ हजार दुई सय ५० रुपैयाँमा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र ग्रामिण विकास तथा क्लिन इन्भरमेन्टले बेहोर्ने भन्दैै स्थानीयलाई झुक्याएका थिए । एउटै वडाबाट ६ लाख रुपैयाँसम्म संकलन गरेको प्रहरीको भनाइ छ ।

भरपाई लगायतका कुरामा शंकास्पद देखिएपछि उनीहरुको ठगी धन्दा सार्वजनिक भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकोले स्थानीय ठगिन पुगेको उनले बताए ।

उनका अनुसार आफ्नो संस्थाको नाम जोडेर रकम संकलन गरिरहेको जानकारी पाएपछि वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले आइतबार एक विज्ञप्ती प्रकाशित गरी केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको स्पष्ट पारेको थियो ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..