प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतर्फ धकेले : बरिस्ठ नेता पौडल

सिन्धुपाल्चोक । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा बिघटन गरेर प्रधानमन्त्री केपी ओलीले देशलाई बर्बादीतर्फ लगेको आरोप लगाएका छन् । अवसरवादीहरुका कारण देश जटिल अवस्थामा पुगेको भन्दै नेता पौडेलले अब त्यसको विरुद्ध कांग्रे्रेसले अन्तिम समयसम्म लड्ने पनि बताए । 

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ समितिले शनिबार मेलम्चीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पौडेलले भने, ‘जनप्रनिधिको सभालाई विघटन गरेर ओलीले देशलाई बर्बादीतर्फ धकेलेका छन् । अवसरवादीहरुका कारण देश जटिल अवस्थामा पुगेको छ । अब त्यको विरुद्ध नेपाली कांग्रेसले अन्तिमसम्म लड्नुपर्छ, लड्ने छ ।’

भेलालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति धेरैले चाख लगाएर सुन्ने र ताली बजाउने गरेको भए पनि वास्तवमा प्रधानमन्त्रीले नेपाली जनतालाई हेपेको आरोप लगाए । नेता थापाले प्रतिनिधि सभा विघटन हुनु दुखद् घटना भएको भन्दै यसको छिनोफानो देशको सर्वाेच्च अदालतले गर्ने समेत बताए । 

त्यस्तै, शनिबारको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर विभिन्न नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । राप्रपाको मेलम्ची नगर समिति अध्यक्ष किरण दीप खड्का, गणेशविक्रम सिलवाललगायत करिब १०० को संख्यामा नेता–कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका हुन् । 

कार्यक्रममा केन्द्रीय सदस्य विष्णुविक्रम थापा, प्रदेश सांसद निमा लामा, जिल्ला सभापति विकास लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायतले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..