चीनको उहानमा डब्लुएचओको टोलीद्वारा कोभिड-१९ बारे अध्ययन शुरु

एजेन्सी । चीनमा रहेको विश्व स्वास्थ्य सङगठन ( WHO ) को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ । चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दैनिक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार क्वारेन्टाइनमा बसेको टोलीले अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डको पालना गरेर क्वारेन्टाइन अवधि पुरा गरेको छ ।

“उहाँहरुका सवै गतिविधि वैज्ञानिक र स्वीकार्य मान्यता अनुसारका रहेका थिए, मानिसको जीवन र स्वास्थ्यलाई ध्यान दिएर गतिविधिहरु गरिएको थियो,” प्रवक्ता लिचिनले भने ।

कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको देशमा त्यसको उत्पत्तिको बारेमा अध्ययन गर्न भन्दै डब्लुएचओको टोली चीन आएको हो । टोलीले क्वारेन्टाइनबाट निस्किएपछि बिहीबारदेखि नै आफ्नो अध्ययन कार्य सुरु गरेको पनि चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

यो टोलीलाई कोरोनाभाइरसको उत्पत्तिसम्वन्धी सत्यतथ्य पत्ता लगाउने टोलीका रुपमा लिइएको छ । क्वारेन्टाइनबाट निस्किएपछि उनीहरुलाई चिनियाँ पक्षले अध्ययनका लागि अव चाहेको ठाउँमा जान स्वीकृति दिइने भएको छ ।

अध्ययनका क्रममा पनि डब्लुएचओको टोलीले सामाजिक दुरी कायम राख्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने लगायतका नियम भने निरन्तर पालना गर्नु पर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..