स्रोत नखुलेको ३८ लाख सहित ५ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तामाङ छन् ।


उनीहरुको साथबाट ३८ लाख ७ हजार रूपैयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका २४ थान चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पदरुपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पति शुद्धीकरण विभाग पुल्चोक पठाइने उक्त वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..