संविधानको मर्म र भावना कुल्चिए जनताको अदालत जाने अध्यक्ष प्रचण्डको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई ठूलो संकटमा पुर्याउने कोशिश भएको भन्दै यसलाई रोक्नुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रचण्डले संविधानलाई बेवास्ता गर्दै संसद बिघटन गर्ने र मुलुकलाई ठूलो संकटमा पुराउने कोशिश भएकाले यसलाई जनताले नै रोक्नुपर्ने बताउनुभएको हो ।

उहाँले अहिलेको संवैधानिक निकायलाई सहजीकरण गर्न जनताको अदालतमा जाने धारणा राख्नुभयो । आफ्नै पार्टीको नेताले संविधानको मर्म र भावनालाइ कुल्चने अवस्था आउनु दुर्भाग्य भएको उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रन आह्वान पनि गर्नुभयो ।

त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफुहरु नै मुल पार्टी भएको भन्दै ओलीले गुटमात्र चलाइरहेको आरोप लगाउनुभयो ।

कार्यक्रमका अन्य सहभागीहरुले संविधानको रक्षा गर्दै आदिवासी लगाएतको अधिकार स्थापीत गर्न एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..