प्रतिनिधि सभा विघटन प्रकरण : सर्वोच्चद्वारा वृहत् पूर्ण इजलास गठन अस्वीकार

काठमाडौं। प्रतिनिधि सभा विघटन विरुद्धको रिट सुनुवाइका लागि बृहत् पूर्ण इजलास गठन गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

शुक्रबार सुनुवाइका लागि बसेको संवैधानिक इजलासले बृहत पूर्ण इजलास गठनको माग अस्वीकार गरेको हो । १३ रिट निवेदकमध्ये १२ ले बृहत् पूर्ण इजलासको माग गरेका थिए ।

तर संवैधानिक इजलासले उक्त माग अस्वीकार गर्दै सोही इजलासले हेर्ने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ ।

१३ वटै रिटमा माघ ४ गते आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..