मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन आह्वान गरेकी छन् । मुख्यमन्त्री सिंहले आज प्रदेश सभा बैठकबाट राजीनामा घोषणा गरेका थिए ।उनले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुवेदीले नयाँ सरकार गठन गर्नको लागि बाटो खुला गरिदिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..