राप्रपाले भन्यो : अब ओली सरकार विघटन गर्नुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार विघटन गर्न माग गरेको छ ।सोमबार भएको जेनजीहरूको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको उपादेयता सकिएको निष्कर्ष निकाल्दै विघटन गर्न आह्वान गरेको हो ।

आन्दोलमा सरकारले गरेको दमनबाट कम्तीमा २० युवा मारिएपछि आकस्मिक रूपमा बसेको राप्रपा बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारको उपादेयता सकिएको ठहर गरेको हो ।

राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ। तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आह्वान गर्दछ।’सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा सरकारले दमन गरेको राप्रपाले ठहर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..