सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति कांग्रेस असन्तुष्ट

काठमाडौं । सूचीकृत हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । आज (आइतबार) कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा नेताहरूले सरकारले सामाजिक सञ्जाल बन्द गरेको विषयमा आपत्ति जनाएका हुन् । यस विषयमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने कांग्रस बैठकको निष्कर्ष रहेको छ ।

सामाजिक सञ्जाललाई नियमन गर्ने विकल्प हुँदाहुँदै बन्द नै गर्नेगरी सरकारले गरेको निर्णय सही नभएको भन्दै आजको बैठकमा नेताहरुले विषय उठाएका थिए । कांग्रेस सभापति देउवाले अदालतले आदेश गरेअनुसार कानुन बनाउन सरकारसँग अनुरोध गर्न प्रस्ताव गरेका थिए । अरु पदाधिकारी तथा पूर्वपदाधिकारीले कानुन बनाइसकेपछि कानुनबमोजिम हुनेगरी सूचीकृतका लागि म्याद थपिदिन सकिने र बन्द नै गराएर बलमिच्याइँ गर्न नहुने सुझाव दिए ।

त्यस्तै, पार्टी महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्दा शीर्ष राजनीतिक दल र तीनका नेताप्रति युवा पुस्ता थप चिढिने अवस्था बनेको बताए । नियमनको नाममा बन्द गरेर जनतालाई दुःख दिइएको भन्दै उनले असन्तुष्टि जनाए । कांग्रेसले सामाजिक सञ्जाल बन्द गरिएको सन्दर्भमा विज्ञहरुसँग छलफल गरेर धारणा बनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..