लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बिहीबार बसेको बैठकले डिआईजी कार्कीसहित अन्य पाँच जनालाई एआईजी पदमा सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव तथा प्रहरी महानिरीक्षक दिपक थापाले बिहीबार सार्वजनिक गरेको सूची अनुसार आचार्यसँगै सिफारिसमा परेका अन्य अधिकारीहरूमा केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) लाजिम्पाट, काठमाडौंका चन्द्र कुबेर खापुङ, बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका कृष्णहरी शर्मा पोखरेल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका दान बहादुर कार्की, कोशी प्रदेश प्रहरी कार्यालय मोरङका राजन अधिकारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका डा. मनोज कुमार के.सी रहेका छन्।

उक्त सिफारिसले अब छिट्टै औपचारिक निर्णय पश्चात् उनीहरूलाई एआईजी पदमा पदोन्नति गरिने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..