नेपाल प्रहरीको एसएसपी बढुवाविरुद्ध उजुरी, एसपी र डिएसपी बढुवा पनि प्रभावित

काठमाडौं । लामो विवादपछि गत साता नेपाल प्रहरीका एसएसपी पदमा भएको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ ।सिनियर एसपी विमल बस्नेतले सो सिफारिसविरुद्ध प्रहरी नियमावली दफा ४२ अनुसार उजुरी दिएका हुन् ।

गत ५ साउनमा बसेको बढुवा समितिको बैठकले ११ एसपीको एसएसपीमा बढुवा सिफारिस गरेको थियो।बरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका एसपी बस्नेत सिफारिसमा छुटेका थिए। यसअघि पनि पटक–पटक बढुवामा छुटेका बस्नेतले यसपटक नपरेपछि उजुरी गरेका हुन्।

बस्नेतका ब्याचका प्रहरी अधिकृतहरु हाल डिआइजी भइसकेका छन्।एसएसपी बढुवामा लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा बढुवा उपर उजुरी सुन्ने समितिको निर्णय गर्ने प्रावधान प्रहरी नियमावलीमा छ ।जसमा मुख्यसचिव र कानूनसचिव सदस्य रहनेछन्। अब सो समितिले उजुरी फस्र्यौट गरेपछि मात्र एसएसपी बढुवाको टुंगो लाग्ने भएको छ।

हनि ट्रयापिङ प्रकरणमा छानविनमा रहेका एसपी कमल थापा लगायतलाई बढुवा सिफारिस गरेपछि एसएसपी बढुवा विवादमा परेको थियो।एसएसपीको बढुवा रोकिएपछि एसपी र डिएसपीको बढुवा समेत प्रभावित हुने भएको छ । ५ साउनमा ११ डिएसपीलाई एसपी तथा १३ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरिएको थियो।

एसपी र डिएसपीको बढुवामा पनि केही क्षमतावान अधिकृतलाई छुटाएर विवादास्पदलाई सिफारिस गरेपछि विवाद भएको थियो ।बढुवा समितिका अध्यक्ष गृहसचिव गोकर्णमणि दुवाडी सोमबार नै करिब एक साताका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्।जसकारण बढुवा कम्तीमा एक साता लम्बिने भएको छ। उजुरी नपरेको अवस्थामा सोमबार नै बढुवा भएकालाई फुली लगाउने प्रहरी प्रधान कार्यालयको तयारी थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..