बन्द भएका सामाजिक सञ्जाल खुल्छन् : सञ्चारमन्त्री गुरुङ

सिरहा । सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि सरकारका प्रवक्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्ने बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेन-जीको मागअनुसार सामाजिक सञ्जाल खुल्ने बताएका हुन् ।

‘सामाजिक सञ्जाल छिट्टै खुल्छन्,’ उनले भने, ‘सरकारले जेनजीको मागलाई सम्बोधन गरी सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको छ ।’

सूचीकरणमा नआएको भन्दै सरकारले बिहीबार रातिदेखि फेसबुक, एक्सलगायत दुई दर्जन बढी सामाजिक सञ्जाल बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..