सर्लाहीबाट झन्डै ५९ लाख बराबरको सामान बरामद

सर्लाही । बिरगंजबाट सिराहातर्फ जाँदै गरेको ट्रकबाट झन्डै ५९ लाख रुपैयाँ बराबरको शंकास्पद सामान बरामद गरिएको छ ।सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कर्मैया चेकपोस्टमा मंगलबार बिहान ११ः१५ बजे इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी टोलीले ना ४ ख २४७१ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा ट्रकमा लोड गरिएको औषधि, काजु, टेप, मोबिल, धनियाँ, बेसार, स्पेयर पार्ट्सलगायत विभिन्न प्रकारका खुद्रा सामानहरूको बिल–बिजक शंकास्पद पाइएपछि उक्त ट्रकसहित सामान नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सामानको अनुमानित मूल्य करिब ५८ लाख ९१ हजार ८७४ रूपैयाँ रहेको छ । नियन्त्रणमा लिइएको उक्त ट्रक र सामानलाई थप अनुसन्धान र आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..