सरकारबाट फिर्ता नहुने कांग्रेसको संकेत

काठमाडौं । जेनजी पुस्ताले गरेको निसस्त्र आन्दोलनमा १९ जनाभन्दा बढीले ज्यान गुमाएको घटनाप्रति व्यापक विरोध भइरहेको छ। सोमबार बसेको नेपाली कांग्रेसको आकस्मिक बैठकमा अधिकांश नेताले सरकारले गरेको क्रुर दमनको घोर विरोध गर्दै तत्काल सरकारबाट फिर्ता हुनुपर्ने सुझाव दिएका छन्।

तर, पार्टी नेतृत्वले भने तत्काल सत्ता त्याग गर्ने पक्षमा नदेखिएको संकेत दिएको छ। बैठकमा सहभागी स्रोतका अनुसार, नेताहरूले आन्दोलनमा भएको ज्यादतिप्रति आक्रोश प्रकट गरे पनि राजनीतिक परिस्थितिलाई विचार गर्दै अहिले सरकारबाट फिर्ता नहुने अडान कांग्रेसले लिएको छ।

नेताहरूबीच सरकारबाट बाहिरिने वा निरन्तर रहने विषयमा तीव्र बहस भए पनि अन्ततः पार्टीले जिम्मेवारीसहित सरकारमा निरन्तरता दिने मनसाय देखाएको हो।

यसरी, निसस्त्र आन्दोलनमाथि भएको दमनले पार्टीभित्र असन्तुष्टि बढाएको भए पनि कांग्रेस नेतृत्वको संकेत भने सरकारबाट फिर्ता नहुनेतर्फ देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..