खोटाङमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए ।

यसबारे प्रहरीलाई जानकारी नै नदिएर दाहसंस्कार गरिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । यसै क्रममा आज दाहसंस्कार गरिएको स्थानबाट शव उत्खनन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छोरम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे प्रहरी प्रशासनलाई जानकारी नै नदिएको विषय थाहा पाएपछि अनुसन्धानका लागि शव उत्खनन गरिएको बताए ।

‘सापातेलमा भएको घटनाबारे शव अन्त्येष्टि गरिसकेपछि मात्रै प्रहरीमा जानकारी प्राप्त भयो । दुर्घटना तथा आत्महत्याका घटनामा ज्यान गुमाएका मृतकको शव परीक्षणपछि मात्रै कानुनी प्रक्रिया पूरा गरेर दाहसंस्कार गर्नुपर्ने प्रावधान छ’, उनले भने ।

गत बिहीबार बस्नेतका तीन छोराछोरीसहित ६ जना बालबालिका सम्पर्कविहीन भएका थिए । सोही दिन खोजी गर्ने क्रममा साझ अन्य चार जना नजिकैको ओडारमा सकुशल पाइए पनि दुई जना मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..