भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे स्वदेश फिर्ता

काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पांडे (General Manoj Pande PVSM, AVSM, VSM, ADC) तथा श्रीमती अर्चना पांडे पाँच दिने औपचारिक भ्रमण सम्पन्‍न गरी २०७९ भाद्र २३ गते स्वदेश फिर्ता भएका छन् ।


स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्की र श्रीमती मनिषा कार्कीबाट बिदाई गरिएको थियो । नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने विशिष्टिकृत एवं ऐतिहासिक परम्पराको निरन्तरता स्वरुप मिति २०७९ भाद्र २० गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित भएका थिए ।

सोही दिन जनरल पांडेको सम्मानमा नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट जङ्गी अड्डामा रात्रीभोज आयोजना गरिएको थियो । उक्त रात्रीभोजमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरु तथा पूर्व प्रधान सेनापतिहरुको समेत उपस्थिति रहेको थियो ।


भ्रमणकै दौरान, जङ्गी अड्‍डामा प्रधान सेनापति महारथी प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।


भारतीय स्थल सेनाध्यक्ष जनरल पांडेले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । साथै, जनरल पांडे जङ्गी अड्‍डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सरिक भएएका थिए भने उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हे.क्वा.को समेत भ्रमण गरेका थिए ।

यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..