अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ

बारा । एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् ।


जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन् ।

बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ ।उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..