मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

काठमाडौं । आठ वर्षअघि (सन् २०१४) को मिस इन्टरनेसनल ग्लोबल प्रतियोगितामा सहभागी भएकी युवतीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डे जेल चलान भएका छन् ।

जेठ ७ गते मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई सोमबार काठमाडौं अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाउन आदेश दिइएको छ ।

ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। युतवीले आफूमाथि यौन दूव्र्यहावर गरेको भन्दै मुद्धा दर्ता गरेपछि पाण्डे जेठ ७ गते स्वयम्भूबाट पक्राउ परेका थिए ।

जेठ ४ गते पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन् । सार्वजनिक भिडियोमा पीडितले पाण्डेले ‘सक्सेस पार्टी’ नाममा बानेश्वरको एभरेष्ट होटलमा बोलाएर पटकपटक बलात्कार गरेको भनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..