मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

काठमाडौं । आठ वर्षअघि (सन् २०१४) को मिस इन्टरनेसनल ग्लोबल प्रतियोगितामा सहभागी भएकी युवतीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डे जेल चलान भएका छन् ।

जेठ ७ गते मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई सोमबार काठमाडौं अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाउन आदेश दिइएको छ ।

ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। युतवीले आफूमाथि यौन दूव्र्यहावर गरेको भन्दै मुद्धा दर्ता गरेपछि पाण्डे जेठ ७ गते स्वयम्भूबाट पक्राउ परेका थिए ।

जेठ ४ गते पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन् । सार्वजनिक भिडियोमा पीडितले पाण्डेले ‘सक्सेस पार्टी’ नाममा बानेश्वरको एभरेष्ट होटलमा बोलाएर पटकपटक बलात्कार गरेको भनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौं । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ । भारतबाट..